केहीबेरमा सरकारका प्रवक्ता तोकिने: को बन्लान ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।
अबको केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने भएको छ ।
सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चारमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि मन्त्रिपरिषदले प्रवक्ता तोकेको छैन ।
तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडा प्रवक्ता तोकिएका थिए ।

