नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं- नेपालमा थप ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्।