सांसद थापामाथि कांग्रेसका कार्यकर्ताले गरे आक्रमण - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सांसद थापामाथि कांग्रेसका कार्यकर्ताले गरे आक्रमण



काठमाडौं- कर्णाली प्रदेशका सांसद सुशील थापामाथि आक्रमण भएको छ। प्रदेश सांसद थापामाथि नेपाली कांग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको जनाइएको छ ।

उनीमाथि आक्रमण गर्ने तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

दैलेखको भैरवी गाउँपालिका–३ स्थित छड्ने गाउँमा नेकपाको पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्न जाँदा नेपाली कांग्रेसका कार्यकर्ताहरूले सोमबार विहान थापामाथि आक्रमण गरेका हुन्।

प्रदेश सभा सदस्य थापालाई भने ठूलो चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।