दैनिक ७५ हजार खर्च गरेर काठमाडौंका मेयर सोल्टी होटलमा - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

दैनिक ७५ हजार खर्च गरेर काठमाडौंका मेयर सोल्टी होटलमा



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सोल्टी होटलको ४ वटा कोठा रिजर्व गरेर आइसोलेशन बसेका छन् । आफ्नै घर भएका र सेल्फ आइसोलेशन वा कुनै अस्पतालको आइसोलेशनमा बस्न सक्ने शाक्यले सोल्टी होटलमा दैनिक ७५ हजार खर्च हुनेगरी त्यहाँ बसेका छन् ।

काठमाडौं महानगरपालिकाका कर्मचारीहरू यसबारे मुख खोल्दैनन भने सोल्टी होटलका कर्मचारीहरूलाई पनि केहि नबोल्न आदेश दिइएको छ । कोरोना संक्रमण भएपछि होटल सोल्टीको ४ वटा कोठा लिएर आइसोलेसनमा बसेका हुन्।

केहिदिन अगाडी पिसिआर परिक्षण गरेर राज्यको ढुकुटी सकिने बताएका मेयर आफै दैनिक ७५ हजार रुपैयाँ तिर्नेगरी महानगरको खर्चमा सोल्टीमा बसेका छन् । स्रोतका अनुसार मेयर शाक्य परिवारसहित सोल्टीमा बसेका छन् । उनीसंग शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य छन्।

माहानगर स्रोतका अनुसार मेयर आइसोलेसनमा बस्दा लागेको खर्च महानगरले नै बेहोर्नुपर्ने बताउँछ । स्रोतले भन्यो, ‘चकलेट किनेको खर्च त महानगरले दिनुपर्छ, अरू त कुरै छाडौं न ।’

स्रोतका अनुसार सोल्टी होटलमा बसेका मेयरका बारेमा कसैलाई पनि नबताउन उर्दी जारी गरिएको छ । मेयर शाक्य दैनिक ७५ हजार खर्च गरेर विशेष सुविधासहितको कोठा लिएर
सोल्टीमा बसेको खबर बाहिरि रहँदा काठमाडौंकि उपमेयर भने फुटपाथ व्यवसायले कोरोना फैलाएको भन्दै बन्द गर्नुपर्ने माग राख्दै हिडेकी छन् ।

उता काठमाडौंमै मजदुरहरू खान नपाएर धरधरी रोएका भिडियो भाइरल बनेका छन् । अर्कातिर आइसोलेसं र अस्पतालमा बेड नपाएर संक्रमितको म्र्त्यु हुने अवस्था आएको छ । यस्तो अवस्थामा दैनिक ७५ हजार खर्च गरेर मेयरले भने मोज गरिरहेका छन् ।