काठमाडौंमा घट्यो संक्रमण दर - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

काठमाडौंमा घट्यो संक्रमण दर



काठमाडौं- काठमाडौं उपत्यकामा अघिल्ला दिनमा भन्दा कोरोना संक्रमण डर घटेको छ । शनिबार थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३७७, भक्तपुरका १७ र ललितपुरका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२ पुगेको छ।

संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३३६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन्।