बैठकमा वरिष्ठ नेता नेपालको कडा प्रस्तुति: राखे ब्यापक असन्तुष्टि - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

बैठकमा वरिष्ठ नेता नेपालको कडा प्रस्तुति: राखे ब्यापक असन्तुष्टि



काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपाको स्थायी कमिटि बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ब्यापक असन्तुष्टि ब्यक्त गरेका छन् ।

अध्यक्षद्वय ओली र दाहालले १८ गतेको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना असहमति नसमेटिएको भन्दै नेता नेपाल कडा रुपमा प्रस्तुत भएको एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

अहिले भने खाजा खाने समय भएकाले केहीबेर बैठक स्थगित भएको छ । अहिलेसम्म माधवकुमार नेपाल लगायत ९ जना स्थायी समिति सदस्यले बोलेका छन्।

बोल्नेमा अधिकांश माधव कुमार नेपाल पक्षधरका छन् । उनीहरुले कार्ययोजना माथि टिप्पणी गरेका थिए। अष्टलक्ष्मी शाक्य, भीम आचार्य, देव गुरुङ, घनश्याम भुसाल, लिलामणी पोखरेल लगायतले बैठकमा आफ्ना कुरा राखेका छन्।