स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले के भने ? - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले के भने ?



काठमाडौं- लामो समय स्थगित भएर आज शुक्रबार सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठक सुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कुरा राखेर बिचैमा बाहिरिएका थिए । स्थायी कमिटी बैठक सुरु हुने वितिक्कै प्रधानमन्त्री ओलीले बोलेका थिए।

उनी बैठकमा २० मिनेट बोलेका एक स्थायी कमिटी सदस्यले बताए। प्रधानमन्त्री ओलीले दुवै अध्यक्षले तयार पारेको प्रस्तावबारे बोलेका थिए। त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको कामबारे जानकारी दिएका थिए।

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गरेको उनको भनाइ थियो। आफूले बोलेपछि प्रधानमन्त्री ओलीले बैठक सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए। त्यसपछि उनी बैठकबाट बाहिरिएका थिए। नेकपा बैठक बालुवाटारमा जारी रहेको छ।

नेकपाको आन्तरिक विवादका कारण डेढ महिनादेखि स्थायी कमिटी बैठक बस्न सकेको थिएन। असार १० गते सुरु भएको बैठक असार १३ गते स्थागित भएको थियो।