नेकपाको स्थायी कमिटी बैठक सुरू: यस्तो छ ताजा अवस्था
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरू भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले यसअघि तयार पारिएको प्रस्ताव पेश गर्नेछन्।
पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर अध्यक्षद्वयले १५ बुँदे प्रस्ताव तय गरेका हुन्।
असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि आजका लागि बोलाइएको हो।
स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो।
नेकपाले स्थायी कमिटीको बैठकलाई संभवभए सम्म आजै टुङ्ग्याउने जनाएको छ।
नेकपामा भागवण्डा र शक्ति प्रयोगको लामो समयदेखि चल्दै आएको खिचातानीले आजको स्थायी कमिटीको बैठकसँगै समाधान हुने बताइएको छ।
आजको बैठक सुरु हुनुअघि अध्यक्षद्वयबीच करिब आधा घण्टा ‘वन अन वन’ छलफल भएको थियो।