स्थायी समिति बैठकअघि ओली–प्रचण्डबीच गोप्य छलफल
काठमाडौं- स्थायी कमिटि बैठक बस्नु अगाडी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच गोप्य छलफल भएको छ ।
प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार शुक्रबार बिहान साढे १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
नेकपा स्थायी कमिटि बैठक अहिले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्दैछ ।
पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।