नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्दै: यस्तो छ तयारी - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्दै: यस्तो छ तयारी



काठमाडौं- लामो समय रोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजे बैठक बस्नेगरी कार्यसूची तयार भएको नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रतिवेदन स्थायी कमिटीमा प्रस्तुत गर्ने कार्यसूची छ ।

अध्ययनका लागि सो प्रतिवेदन स्थायी कमिटीमा पठाइसकिएको र आज त्यसबारे घनिभूत छलफल हुने तयारी रहेको स्रोतले बताएको छ ।

अध्यक्षद्वयले मंगलवार १५ बुँदे प्रतिवेदन तयार पारी सार्वजनिक गरेका थिए । यसबाहेक अन्य समसामयिक राजनैतिक घटनाक्रमबारे पनि स्थायी कमिटी बैठकमा छलफलको विषय बन्ने छ ।