निर्दयी देवर: जसले आफ्नै भाउजुलाई कुटी कुटी मारे - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

निर्दयी देवर: जसले आफ्नै भाउजुलाई कुटी कुटी मारे



भोजपुर- जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुलाई मारेको अभियोगमा देवरलाई पक्राउ गरेको छ।

टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट गरी मारेको अभियोगमा नियन्त्रणमा लिएको हो।

गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।रासस