काठमाडौंमा भोलिदेखि सार्वजनिक गाडी पनि चल्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

काठमाडौंमा भोलिदेखि सार्वजनिक गाडी पनि चल्ने



काठमाडौं- भदौ ४ गतेबाट जारी भएको निषेधाज्ञा भदौं ३१ गतेसम्मका लागि थपिएको छ। तर थपिएको निषेधाज्ञा भने खुकुलो पारिएको छ ।

भोलिदेखि थपिएको निषेधाज्ञामा निजि र सार्वजनिक सवारी, डिपार्डमेन्टल स्टोर र सपिङ मल खोल्न पाउने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

उनकाअनुसार उपत्यकामा संचालित डिपार्डमेन्टल स्टोर र सपिङ मल पनि बिहान ११ बजेसम्म र साँझ ४ बजेपछि खोल्न पाइनेछ।

यस्तै १६ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आउने छन् । त्यस्तै, निजी सवारी साधन पनि संचालनमा आउनेछन्।

तर, त्यसका लागि जोरबिजोर प्रणाली लागू गरिने प्रजिअ दाहालले बताए।

त्यस्तै निजी कार्यालय, उद्योग-कलकारखाना, व्यापार-व्यवसाय, होटल पनि खोल्न पाइनेछ। तर, त्यसका लागि कोभिड-१९ सँग सम्बन्धित मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ। होटलसहित अन्य व्यवसाय भने निश्चित अवधिका लागि मात्र खोल्ने दिइनेछ।

पार्टी प्यालेस, फिटनेस क्लब, मनोरञ्जन क्षेत्र, शैक्षिक संस्थानमाथि प्रतिबन्ध भने कायम रहने प्रजिअ दाहालले बताए।