गाडी जोरबिजार, हाेटल-व्यापार-उद्याेग सर्तसहित खुल्ने - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

गाडी जोरबिजार, हाेटल-व्यापार-उद्याेग सर्तसहित खुल्ने



काठमाडौं- स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा थप एक साता लम्ब्याएको छ।

निषेधाज्ञा आज बुधबार मध्यराति सकिनु अघि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा ३१ गतेसम्मका लागि लम्ब्याएको जनाएका हुन्।

तर, निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ।

अब सवारीसाधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन्। यो भनेको गाडीको नम्बर प्लेटको अन्तिम दुई अक्षर जोर भएका गाडी जोर गतेका दिन र बिजोर नम्बर भएका बिजोर गते चल्ने गर्छन। यसअघि उपत्यकामा निजी सवारीसाधन चल्न रोक लगाइएको थियो।

उपत्यका प्रवेश गर्ने सवारीसाधनमा भने यसअघिकै नियम कायम रहनेछ।

प्रशासनले निजी कार्यालय, उद्योग-कलकारखाना, व्यापार-व्यवसाय, हाेटल पनि खोल्ने निर्णय गरेको छ। तर, त्यसका लागि कोभिड-१९ सँग सम्बन्धित मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ। हाेटलसहित अन्य व्यवसाय भने निश्चित अवधिका लागि मात्र खुल्नेछन्

पार्टी प्यालेस, फिटनेस क्लब, मनोरञ्जन, शैक्षिक संस्थान भने खुल्ने छैनन्। यसबारे प्रशासनले सूचना जारी गर्ने तयारी गरेका छन्।

काठमाडौं उपत्यकाका स्थानीय जनप्रतिनिधिको साझा संस्था उपत्यका नगरपालिका फोरमको मंगलबारको बैठकले पनि उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन माग गरेको थियो। तर, उपत्यका प्रवेश गर्ने नाकामा भने सेना परिचालन गर्नुपर्ने उसको माग छ।

बुधबार मात्र उपत्यकामा ४ सय ६४ काेराेना संक्रमित थपिएका छन्।