निषेधाज्ञा खोल्ने तयारी हुँदैगर्दा काठमाडौंमा थपिए सर्वाधिक संक्रमित
काठमाडौं- निषेधाज्ञा खुलाउने चर्चा चलिरहेकै बेला पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सर्वाधिक संक्रमित भेटिएका छन् ।
उपत्यकामा ४६४ जना नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्।
देशभर ११ हजार १ सय ६७ पिसिआर परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना देखिएको छ। अहिले देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो पटक ९ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।