ओली-प्रचण्डबीच छलफल सकियो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ओली-प्रचण्डबीच छलफल सकियो



काठमाडौं- बालुवाटारमा भएको सत्तारुढ नेकपाका अध्यक्षद्वयको बैठक सकिएको छ। शुक्रबार हुने स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गर्न ११ बजे बसेको बैठक करिव २ बजे सकिएको बताइएको छ ।

बुधबार बिहानैदेखि करिब ३ घण्टा छलफल भएको बताइएको छ । स्थायी कमिटीमा के–कस्ता प्रस्ताव लैजाने भन्नेबारे छलफल भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

‘छलफल भर्खर सकिएको छ, अध्यक्षद्वयले के निर्णय गर्नुभयो भन्ने जानकारीमा आएको छैन,’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले स्थायी कमिटी बैठकको तयारीबारे छलफल गरेको बताइएको छ।

विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कसरी प्रस्तुत गर्ने भन्नेबारे दुई अध्यक्षबीच आज छलफल भएको हो। गत साउन १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक भदौ २६ गते बस्दैछ।