मन्त्री पुन भन्छन: अब कृषि क्षेत्रलाई विचौलिया मुक्त गरौँ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मन्त्री पुन भन्छन: अब कृषि क्षेत्रलाई विचौलिया मुक्त गरौँ



रोल्पा- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताएका छन्।

कृषि ज्ञान केन्द्र रोल्पाले आयोजना गरेको आर्थिक वर्ष २०७७, ७८ को वार्षिक बजेट सार्वजनिक कार्यक्रममा मन्त्री पुनले कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरेर मात्रै आर्थिक समृद्धि हासिल हुने धारणा राखे।

अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि विचौलियाको बिगबिगी भएको बताउँदै वास्तविक किसानसम्म स्रोत साधन पुग्ने वातावरण बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो । विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने अवस्था सिर्जना भए कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्ने कुरा भाषणमा मात्रै सीमित हुने मन्त्री पुनले बताए।

यसैबीच रोल्पामा भएको अर्को एक कार्यक्रममा रोल्पाका दुई हजार २६ घरधुरीको फुसको छानो फेर्ने निर्णय गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत रु १० करोड १३ लाखको लागतमा फुसको छानो विस्थापन गरी जस्तापाता लगाउने निर्णय गरिएको मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकाले जानकारी दिए।।

मन्त्री पुनसहित जिल्ला समन्वय समिति रोल्पामा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेशसभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा सहभागी बैठकले उक्त निर्णय गरेको हो ।