वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्न माग - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगर्न माग



काठमाडौं- प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा खाली रहेको एक सीटमा उपाध्यक्ष वामदेव गौतमलाई लैजान ठुलो दवाव परेपछि सचिवालय बैठकमा प्रस्ताव गरेका थिए ।

अहिले भने गौतमलाई राष्ट्रिय सभामा लैजाने बिषय विवादित बनेको छ । नेकपाभित्रै तल्लो स्तरबाट उनलाई सिफारिस गर्न नहुने तर्क आउन थालेको बेला विवेकशील नेपाली दलले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्न माग गरेको छ।

प्रतिनिधिसभाको चुनावमा हारेका उम्मेद्वारलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयप्रति ध्यानाकर्षण भएको सो दलले जनाएको छ। मंगलबार विज्ञप्ति निकाल्दै गौतमलको सिफारिसले राष्ट्रिय सभाको गरिमा घटाउने बताएको हो।

‘राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के हो? यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ,’ विज्ञप्तिमा लेखिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्था भए पनि गौतमले आफैले मन्त्री बन्न राष्ट्रिय सभामा जान लागेको अभिव्यक्ति दिएकाले उनलाई सांसद बनाउनु गैरसंवैधानिक भएको दलको दावी छ।