अर्को महामारीसँग लड्न सबैले तयारी गरौँ: डब्ल्यूएचओ प्रमुख - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अर्को महामारीसँग लड्न सबैले तयारी गरौँ: डब्ल्यूएचओ प्रमुख



एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनोम गाब्रियससले कोरोना संक्रमण संसारका लागि अन्तिम महामारी नभएको बताएका छन्। दुनियाँमा भविष्यमा आउन सक्ने संकटका निम्ति तयार रहन समेत उनले आग्रह गरेका छन्।

उनले भने, ‘‘इतिहासले हामीलाई महामारी जीवनको एक हिस्सा हो भनी सिकाएको छ। तर, आगामी महामारीसँग लड्न पनि हामी सबै उसैगरी तयार रहनुपर्छ।’’ गाब्रियससले भर्चुअल कन्फ्रेन्समा कोरोना दुनियाँका मानिसले भोग्ने अन्तिम महामारी नभएको बताएका हुन्।

संसारभर औद्योगिक उन्नति निकै भएको तर तिनले सार्वजनिक स्वास्थ्य प्रणालीमा भने ध्यान दिन नसकेकोमा उनले चिन्ता जाहेर गरे। डब्ल्यूएचओले मार्च ११ का दिन कोरोनालाई वैश्विक महामारी घोषणा गरेको थियो।

सोमबार जारी गरिएको आँकडा अनुसार संसारभर कोरोना भाइरसबाट आठ लाख ९१ हजारको ज्यान गइसकेको छ। यसबाट संक्रमित करिब पौने तीन करोड पुगेका छन् भने निको हुने झण्डै दुई करोड पुगेका छन्।