भारतमा भयाबह: ९० हजार नजिक एकैदिन संक्रमण, मृत्यु पनि सर्वाधिक - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

भारतमा भयाबह: ९० हजार नजिक एकैदिन संक्रमण, मृत्यु पनि सर्वाधिक



काठमाडौं – भारतमा कोरोना संक्रमणले भयाबह रुप लिएको छ । आज पनि कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म ८७ हजार ११५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।