काठमाडौंमै ७ हजार बढी संक्रमित: झनै जोखिम बढ्दै
काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ।
बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो।
पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको छ।
कुल संक्रमितमध्ये काठमाडौंका ५ हजार ५३३, ललितपुरका ८३१ जना र भक्तपुरका ५७६ जना छन्।
केही दिनयता उपत्यकामा संक्रमण दर बढ्दो छ।
हिजो बुधबार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना गरी ४८१ जनामा संक्रमण पुष्टि भएको थियो।
सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।
आइतबार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।