हेलिकप्टमा राहत लिएर बागलुङ उडे गृहमन्त्री बादल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हेलिकप्टमा राहत लिएर बागलुङ उडे गृहमन्त्री बादल



काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्।

गृहमन्त्री बादल बाग्लुङमा गएको पहिरोको स्थलगत निरीक्षणका लागि गएका हुन् । गृहमन्त्री बादल आज बिहान नेपाली सेनाको हलिकप्टरमा राहत सामाग्री लिएर बाग्लुङ गएका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।