भारतको अर्थव्यवस्था इतिहासमै कमजोर: जीडीपी २४ प्रतिशत घट्यो - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतको अर्थव्यवस्था इतिहासमै कमजोर: जीडीपी २४ प्रतिशत घट्यो



नयाँ दिल्ली-भारतको कुल गाह्र्स्थ्य उत्पादन जीडीपी दरमा लकडाउनको सुरुआती महिनावाला त्रैमासमा व्यापक गिरावट आएको छ ।

केन्द्र सरकारको तथ्यांक मन्त्रालयका अनुसार २०२०–२१ वित्त वर्षको पहिलो त्रैमास अर्थात अप्रिलदेखि जुनकोबीचमा वृद्धि दर २३.९ प्रतिशतले गिरावट आएको दर्ता गरेको छ ।

कोरोनाभाइरस र देशव्यापी लकडाउनका कारण भारतको जीडीपीको दर पहिलो त्रैमासमा १८ प्रतिशतसम्म ओर्लने सम्भावना रहेको अड्कल काटिएको थियो ।

यसैगरी देशको सर्वाधिक ठूलो सरकारी बैंक एसबीआईको अनुमान अनुसार यो दर १६.५ प्रतिशतसम्म ओर्लन सक्ने थियो तर ताजाँ आंकडा अचम्म लाग्ने खालको थियो ।

जनवरी–मार्चको त्रैमासमा भारतीय अर्थव्यवस्थामा ३.१ प्रतिशतको वृद्धि देखिएको थियो । जुन ८ वर्षकै सर्वाधिक कम थियो ।

जीडीपीको आंकडा अनुसार मार्चसम्मको त्रैमासमा उपभोक्ता खर्च ओरालो लागेको थियो । निजी लगानी र निर्यात कम भएको थियो र गत वर्षको यसै जुन त्रैमासको दर ५.२ प्रतिशत थियो ।

जीडीपीको यो नयाँ आंकडालाई १९९६ पछि ऐतिहासिक रुपमा सबैभन्दा ठूलो गिरावट आएको बताइएको थियो ।

यी आंकडामाथि मन्त्रालयले भनेको थियो कि कोरोनाभाइरस महामारीका कारण आर्थिक गतिविधिका अतिरिक्त आंकडा एकत्रित गर्ने विधिमा पनि असर पर्न सक्छ ।