रुपन्देहीमा एकै घरका १० जना र एकै टोलका १५ जनामा कोरोना संक्रमण - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

रुपन्देहीमा एकै घरका १० जना र एकै टोलका १५ जनामा कोरोना संक्रमण



बुटवल- रुपन्देहीमा एकै परिवारका १० जनालाई कोरोना संक्रमण पुष्टि भएकों छ । जिल्लाको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत भदौ ६ गते कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् भने पाँच जना सोही घरमा काम गर्ने कामदार हुन् ।

सामुदाय स्तरमा संक्रमण पुष्टि भएपछि चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरिएको छ ।

भदौ ६ गते पछि चैनपुर टोलमा जाने आउने गरेका तथा सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न र केही समस्या परे गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।