चितवनमा २ घण्टामै ३ जनाको मृत्यु - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

चितवनमा २ घण्टामै ३ जनाको मृत्यु



चितवन- चितवनमा दुई घन्टाको अन्तरालमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका उनीहरुको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् भने मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १/१ जना रहेका छन् ।