होशियार ! देशमा अकल्पनीय अवस्था आउन सक्छ: रुक्मांगद कटवाल
काठमाडौं- खरो वक्ताका रूपमा चर्चामा आइरहने नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटवालले देशमा अकल्पनीय अवस्था निम्तिन सक्ने संकेत गर्दै राजनीतिक दलको चर्को आलोचना गरेका छन् ।
कटुवालले जनताको धैर्य टुट्ने अवस्था आएको भन्दै देशमा अकल्पनीय अवस्था आउन सक्ने संकेत गरेका छन् । उनले राजनीतिक नेतृत्व तथा सरकारको चर्को आलोचना गर्दै भ्रष्टाचारले सीमा नाघेको भन्दै आम मानिसको जीवन संकटग्रस्त बनेको बताएका छन् ।
पूर्व सेनापति कटुवालले आईतबार चेतावनी शैलीमा ट्वीट गर्दै राजनीतिक नेतृत्वकर्ता नै एकअर्काविरूद्ध खनिइरहेको र आफ्नो नाकैमुनी भ्रष्टाचार मौलाइरहँदा पनि केही गर्न नसकेको टिप्पणी गरेका छन् ।
कटुवालले लेखेका छन्- ‘नेपाली लोकतन्त्र र संस्थाहरू विघटित भइरहेका छन् । आम मानिसका जीवन संकटग्रस्त छ । जनताको सहनशीलताले सीमा नाघेमा बाह्य शक्तिहरूका लागि बाटो खोलिदिएर देशमा अकल्पनीय अवस्था निम्त्याउन सक्छ। होशियार।’
उनको ट्वीट-
![](https://himalpost.com/wp-content/uploads/2020/08/rukmangad.png)