संक्रमितको मृत्यु भए अस्पताल नै जिम्मेवार हुने: रिफर गर्न नयाँ नियम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

संक्रमितको मृत्यु भए अस्पताल नै जिम्मेवार हुने: रिफर गर्न नयाँ नियम



काठमाडौं- स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा रिफर गर्दा अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीलाई बिनासमन्वय रिफर गर्दा यदि ती बिरामीको ज्यान गएमा रिफर गर्ने अस्पतालले नै जिम्मेवारी लिनुपर्ने जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्‍वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङमा कतिपय अस्पतालले समन्वय नै नगरी रिफर गर्न थालेपछि यस्तो बताएका हुन्। उनले रिफर गर्दा अनिवार्य समन्वय हुनुपर्ने, स्वास्थ्यकर्मीलाई साथमा लगाएरै पठाउनुपर्ने जानकारी दिए।

उनले स्वास्थ्यकर्मीसमेत साथमा नलगाई संक्रमितलाई रिफर गरिरहेको गुनासो आएकाले यस्तो गर्नुपरेको बताए। बिनासमन्वय रिफर गर्दा बिरामीको ज्यान गएमा त्यसको जिम्मेवार पनि रिफर गर्ने अस्पतालको नै हुने बताए।

‘संक्रमितलाई रिफर गर्दा अनिवार्य समन्वय हुनुपर्छ’, उनले भने, ‘कोभिड अस्पतालमा बेड भए-नभएको पक्का गरेर मात्रै बिरामीलाई पठाउनुहोला।’