प्राधिकरणमा कुलमान नै आउने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्राधिकरणमा कुलमान नै आउने



काठमाडौं- चौतर्फी दवाव बढेपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने तयारी भएको छ ।

घिसिङलाई हटाउने चलखेल भैरहेको र प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुननै लागेको भन्दै सामाजिक संजाल देखि सर्वत्र विरोध र दवाव बढेपछि उनलाई निरन्तरता दिने तयारी भएको उर्जामन्त्रालय स्रोतले जनाएको छ ।

घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार भएको र यो प्रस्ताव मन्त्रीपरिसदमा लैजाने तयारी भएको पनि स्रोतले जनाएको छ । उर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी गरेको हो। 

आगामी २९ भदौमा घिसिङको कार्यअवधि सकिदैछ । बिचमा कुलमानलाई हटाउने चलखेल भएका सुचना बाहिर आएपछि सरकार र उर्जामन्त्रालय नै दवावमा परेको थियो ।

स्रोतका अनुसार उनलाई नै निरन्तरता दिने प्रस्ताव उर्जा मन्त्रालयले तयार पारेको हो। उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरिसकेका छन्। 

तर प्रधानमन्त्री ओलीले भने केहि नयाँ सर्त राखेर मात्र लैजान सकिने बताएका छन् ।

मन्त्री पुनले यसबारे नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग समेत सल्लाह लिएका छन्। घिसिङलाई निरन्तरता दिन अध्यक्ष दाहाल सहमत भएका थिए ।

यसअघि घिसिङ पुन: नियुक्ति भएको हल्ला चलेपछि सरकारले यसबारे खण्डन गरेको थियो ।