भारतमा मेट्रो रेल पनि खुल्यो: झनै भयाबहको संकेत - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

भारतमा मेट्रो रेल पनि खुल्यो: झनै भयाबहको संकेत



काठमाडौं– कोरोना भाइरसको तीव्र फैलावटका बीच भारतले क्रमशः लकडाउन खुला गर्दै लगेको छ।

केन्द्रीय गृह मन्त्रालयले अनलक–४ को दिशानिर्देश जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सुरु गर्ने अनुमति दिएको छ।

स्कुल, कलेज तथा अन्य सबैखाले शैक्षिक संस्था भने बन्द नै रहनेछन्।

सामाजिक काम, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक कार्यक्रम २१ सेप्टेम्बरदेखि गर्न अनुमति दिइएको छ।

तर, यस्ता कार्यक्रममा बढी एक सय जनामात्र सहभागी हुन पाउनेछन्। सहभागीले मास्क अनिवार्य लगाउनु पर्नेछ, दूरी कायम गर्नु पर्नेछ र थर्मल स्क्रिनिङ जरुरी छ।

सिनेमा हल, स्विमिङ पुल, थिएटर सेप्टेम्बर ३० सम्म बन्द रहनेछन्। अन्तर्राष्ट्रिय हवाई उडानमा पनि सोही मितिसम्म प्रतिबन्ध लगाइएको छ।