सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पताल प्रमुख नै निलम्बित - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पताल प्रमुख नै निलम्बित



काठमाडौं- विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने चीनको एक अस्पताल प्रमुखलाई निलम्बन गरिएको छ ।

कोरोना महामारी शुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले जुन आलोचना गरेको थियो, त्यही कारण उनलाई निलम्बन गरिएको चीनका स्वतन्त्र सञ्चारमाध्यमले जनाएका छन् । काएक्सिन समाचार वेबसाइटका अनुसार वुहान सेन्ट्रल हस्पिटलका प्रमुख चाई लीलाई पदबाट निलम्बन गरिएको हो ।

गत फेब्रुअरीमा त्यही अस्पतालका नेत्र विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो । जसले डिसेम्बर ३० तारिखमा आफ्ना सहकर्मीसँग केही बिरामीमा सार्स जस्तो भाइरसका लक्षण देखिएको छ भनेका थिए ।

त्यसपछि स्थानीय प्रहरीले भ्रम नफैलाउन चेतावनी दिंदै उनको मुख बन्द गराएको थियो । तर पछि उनले भनेकै कुरा सही साबित भयो अर्थात् कोरोना भाइरस फैलिएको प्रमाणित थियो । जसका कारण उनी चीनका सामाजिक सञ्जालमा ‘हिरो’ बनेका थिए । बीबीसी