मन्त्री योगेश भट्टराईले खुलेरै भने: ओली बाहेक अरूलाई समर्थन गर्दिन
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्रधानमन्त्री ओली बाहेक कसैलाई समर्थन गर्न नसक्ने बताएका छन् ।
बिहिबार एक टेलिभिजनमा बोल्दै मन्त्री भट्टराईले आफूले प्रधानमन्त्री ओलीलाई साथ नदिएर अरू कसैलाई साथ् दिन नसक्ने बताएका हुन् । भट्टराईले ओलीलाई साथ नदिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिन नसक्ने बताएका छन् ।
पछिल्लो नेकपा विवादमा वरिष्ठ नेता माधव कुमार नेपालको साथ् छाडेर मन्त्री पद जोगाउन प्रधानमन्त्री ओलीलाई साथ् दिएको आरोप लागिरहेका बेला भट्टराईले खुलेरै ओली बाहेक अरूलाई समर्थन गर्न नसक्ने बताएका छन् ।
माधव नेपालको साथ छोडेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई किन साथ दिनुभयो त ? भनेर सोधेको प्रश्नमा उनले भने, ’अब मैले केपी ओलीलाई साथ नदिएर यो संसदीय पोलिटिक्समा शेरबहादुर देउवालाई साथ दिन त मिलेन नि ? म त केपी ओलीको पार्टीको स्थायी कमिटी सदस्य हुँ । नेकपाको मन्त्री हुँ । त्यो पार्टीको सदस्य हुँ । मैले उहाँलाई साथ दिन्छु नि ।’