डा. बाबुराम भट्टराईले गरे सरकारको निर्मम टिप्पणी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

डा. बाबुराम भट्टराईले गरे सरकारको निर्मम टिप्पणी



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार आफ्नै छायाँदेखि तर्सिन थालेको भन्दै टिप्पणी गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको लागि निरन्तर लड्दै आएका अभियन्ता डा. गोविन्द केसीलाई नजरबन्द गरेको बिषयमा टिप्पणी गर्दै उनले सत्याग्रहमा बस्नै दिन्न भनेर सरकारले बल प्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सत्याग्रहका लागि डा. केसी जुम्लामा छन् । उनलाई अनसन बस्न नदिनका लागि स्थानीय प्रसाशनले बल प्रयोग गरेको र केसीलाई घेराबन्दी गरेको समाचार बाहिरिएपछि सरकारको सर्वत्र आलोचना भैरहेको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले लेखेका छन्, ’सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बल प्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ? डा. केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ ? ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ ?#SaveDemocracy‘