प्रहरीले गरे डा. गोविन्द केसीलाई घेराबन्दी: बाहिर निस्कन समेत दिईएन - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रहरीले गरे डा. गोविन्द केसीलाई घेराबन्दी: बाहिर निस्कन समेत दिईएन



जुम्ला- चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा. गोविन्द केसी बसेको होटल प्रहरीको घेराबन्दीमा परेको छ । आफूले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी सहित अनशन बस्न जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेपछि उनी बाहिर निस्कन सकेका छैनन् ।

प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन् । प्रहरी प्रशासनले आफूलाई होटलमा घेराबन्दी गरेको डा. केसीले बताएका छन् ।

प्रहरीले डा. केसी बसेको होटलभन्दा ५ सय मिटर पूर्व–पश्चिममा निषेधित क्षेत्र भन्दै बुधबार साँझदेखि कसैलाई जान नदिएको बताइएको स्थानीयले बताएका छन् ।

बिहीबार उनलाई भेट्न पुगेका सञ्चारकर्मीलाई पनि प्रहरीले रोकेको थियो । डा.केसीले अनसन बस्न खोजेको ४ वटै स्थानमा स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएको छ ।

आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा. केसीले सत्याग्रह घोषणा गरेका थिए । हुम्ला, मुगु, कालीकोटलगायत जिल्लामा निःशुल्क शिविर चलाएर डा. केसी एक महिनादेखि जुम्ला बसिरहेका छन् ।

डोल्पामा शिविर चलाउन गएका उनलाई स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले अवरोध गरेपछि केसी जुम्ला फर्किएका हुन् ।