यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)
काठमाडौं- मन्त्रिपरिषद वैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका विभिन्न २२ निर्णयहरु आज (बिहीबार) सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको काम गर्ने गरी तोकेको छ ।
यस्तै ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल कार्यालय धनकुटा पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले आर्थिक वर्ष ०७७–७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
त्यस्तै सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारी समेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ । १२ महासेनानीको सरुवा पनि गरिएको छ ।
त्यसैगरी बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु
![](https://himalpost.com/wp-content/uploads/2020/08/Cabinet-1-.jpg)
![](https://himalpost.com/wp-content/uploads/2020/08/Cabinet-2-.jpg)