काठमाडौं बन्यो कोरोनाको ‘इपिसेन्टर’: एकैदिन ३७७ संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् ।
उनका अनुसार बिहीबार काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ र ललितपुरमा ६६ कोरोना संक्रमित देखिएका हुन् ।
बुधबार काठमाडौंमा २३० जना, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी उपत्यकामा ३०१ कोरोना संक्रमित थपिएका थिए । मंगलबार काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरी २३२ कोरोना संक्रमित देखिएका थिए ।
सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए । पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।