चिनियाँ राष्ट्रपतिले भने: झनै अप्ठ्यारो समय आउँदैछ - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

चिनियाँ राष्ट्रपतिले भने: झनै अप्ठ्यारो समय आउँदैछ



एजेन्सी- चीनमा कोरोना महामारी नियन्त्रण भएको र सफलता हासिल गरेको बताइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले भने झनै अफ्ठ्यारो अवस्था आउने बताएका छन् ।

राष्ट्रपति सीले देश संक्रमणकालीन अवस्थामा रहेको र बाहिरको बजारले देशको अर्थतन्त्रमाथिको जोखिम बढाइरहेको कारण ब्यापक अफ्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

आर्थिक वृद्धिदर बढाइरहनका लागि घरेलु मागप्रतिको विश्वास बढाउनुपर्ने उनले बताएका छन् । सोमवार एक सेमिनारको अध्यक्षता गर्ने क्रममा उनले यो कुरा बताएका हुन् ।

सेमिनारमा नीति सल्लाहकार तथा सरकारी अर्थशास्त्रीहरू सहभागी रहे । त्यसमा दीर्घकालीन आर्थिक ट्रेन्डका विषयमा चर्चा भएको छ । अर्को वर्षको संसदीय बैठकमा पञ्चवर्षीय योजनाहरूको ब्लुप्रिन्ट पेश गरिनेछ ।

कोरोनाका कारण संसारभरि संरक्षणवादलाई प्रोत्साहन मिलिरहेको र यसले अर्थतन्त्रलाई प्रभावित बनाएको अनि आपूर्ति शृंखला टुटेको बताए ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, सीले भने, ‘आगामी समयमा हामीले विपरीत परिस्थितिको बढी सामना गर्नुपर्ने हुन्छ र हामी नयाँ जोखिम र चुनौतीका लागि तयार हुनुपर्छ । अप्ठ्यारो समय आउँदैछ ।’

अमेरिका र चीनको सम्बन्ध बिग्रँदै गएको संकेत गर्दै उनले मतभेद सुल्झाउन लागिपरेको बताए ।