कैलालीमा थप एक संक्रमितको मृत्यु, सुदूरपश्चिममा मृतकको संख्या १४ पुग्यो - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

कैलालीमा थप एक संक्रमितको मृत्यु, सुदूरपश्चिममा मृतकको संख्या १४ पुग्यो



कैलाली – कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका- ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियुमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो


‘मङ्गलवार साँझ कोरोना पुष्टि भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो’ उनले भने ‘शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराई सकेको छ ।’ योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।