काठमाडौँ, भक्तपुर र ललितपुर थप एक साता ठप्प पार्ने निर्णय - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

काठमाडौँ, भक्तपुर र ललितपुर थप एक साता ठप्प पार्ने निर्णय



काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सात दिन लम्ब्याउने निर्णय भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको हो ।

यस विषयमा आज बस्ने बैठकमा औपचारिक निर्णय हुने भएको छ । उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो।

सोहि सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारीहरुले थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय लिएका हुन् ।

यद्यपी यस विषयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु आधिकारीक रुपमा बोलेका छैनन् । ‘विज्ञप्ति नै सार्वजनिक हुन्छ, हामी त्यसकै तयारीमा छौ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने ।

७ दिन निषेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म अत्यावाश्यक बाहेकका सबै क्षेत्र ठप्प हुनेछन् । नाकामा अझै कडाइ गर्ने पनि बैठकले निर्याय गरेको छ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेसँगै रोकथामका लागि भदौ ३ गते राति १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । यदि म्याद नथपिएको भए निषेधाज्ञा आज रातिबाट सकिने थियो ।