स्पेनमा फेरि व्यापक संक्रमण बढेपछि सेना परिचालन तयारी
एजेन्सी- कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेपछि सेना परिचालनको तयारी थालिएको छ।
प्रधानमन्त्री पेड्रो सान्चेजले पत्रकार सम्मेलनमा स्पेनको क्षेत्रीय सरकारी मद्दतका लागि २ हजार सेना तैनाथ गरिने बताएका हुन्।
देशमा फेरि महामारी फैलने चिन्ता बढेको उनले बताए। यद्यपि अहिलेको स्थिति मार्चको जस्तो नरहेको उनको भनाइ छ।
स्पेनमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख नाघिसकेको छ। २८ हजार ८ सय संक्रमितको ज्यान गइसकेको छ।