नेपालमा सुरुवात मात्रै हो, परिस्थिति भयाबह हुनेवाला छ: डब्लुएचओ - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

नेपालमा सुरुवात मात्रै हो, परिस्थिति भयाबह हुनेवाला छ: डब्लुएचओ



काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् खराब हुने भविष्यवाणी गरेको छ।

डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अन्तरवार्ता दिँदै भ्यानडिलिएरले भनेका छन्, हाम्रो अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्‍ने देखाएको छ।’

उनले भनेका छन्, ‘यो सुरुवात मात्र हो। अब निकै नै केसहरू बढ्नेवाला छ। आगामी दिन, हप्ता र महिनामा धेरै नै केसहरू देख्‍ने छौं। परिस्थिति अझै नराम्रो हुनेवाला छ।’

उनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । उनको भनाइ छ,‘कोभिड–१९ को संकटमा सरकारले मात्र सबैकुरा गर्न सक्दैन। यो लडाईंमा निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

उनले केन्द्र सरकारले मात्र कोरोनाविरुद्धको लडाईं जित्न नसक्ने भन्दै यसमा प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी राख्नुपर्नेमा समेत जोड दिए । कोरोना संकटमा स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने आश्वासन समेत दिएका छन् ।