२४ घण्टामा थप ८५५ जना संक्रमित थपिए - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

२४ घण्टामा थप ८५५ जना संक्रमित थपिए



काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ।