सचिवालय बैठक भदौ १३ गते बस्ने, ओली-प्रचण्ड बैठक सकियो
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।
दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको हो ।
ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले नेकपाभित्रको विवाद समाधानका लागि सुझाव प्रतिवेदन तयार गरी दुई अध्यक्षलाई बुझाएको छ ।