टिकटकले हाल्यो ट्रम्पविरुद्ध मुद्दा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

टिकटकले हाल्यो ट्रम्पविरुद्ध मुद्दा



एजेन्सी- चर्चित भिडियो एप टिकटकले अमेरिको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ।

राष्ट्रिय सुरक्षामा असर पारेको भन्दै अमेरिकाले टिकटकलाई प्रतिवन्ध गर्ने प्रकृया अगाडि बढाएसँगै चिनियाँ एपले मुद्दा अगाडि बढाएको हो।

चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको दावी गर्दै अमेरिकाको आसन्न निर्वाचनमा चीनविरोधी क्याम्पेनिङका रुपमा प्रतिबन्ध लगाउन खोजिएको दावी छ।

कम्पनीको दावी छ – सरकारले विना कुनै प्रमाण निषेधको तयारी गरिरहेको छ। क्यालिफोर्नियाको फेडरल कोर्टमा सोमवार कम्पनीले मुद्दा दायर गरेको हो। अमेरिकाको बाणिज्य विभाग, राष्ट्रपति ट्रमप र वाणिसज्य सचिव विवर रसविरुद्ध मुद्दा दायर भएको हो।

ट्रम्पले टिकटकलाई लिएर दुईवटा आदेश जारी गरेका थिए। अगस्ट ६ मा बाइट डान्सको कारोबारमा निषेध र सेप्टेम्बर २० मा बाइट डान्स अमेरिकी कम्पनीलाई बिक्री गरेर ९० दिनभित्र टिकटकका एसेट्सहरु हस्तान्तरण गर्न भनेका थिए।