भारतमा ५ तले भवन ढल्दा ९० भन्दा बढी हताहत - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतमा ५ तले भवन ढल्दा ९० भन्दा बढी हताहत



भारतको महाराष्ट्रमा ५ तले भवन ढल्दा कम्तीमा ९० जना हताहत भएको आशंका गरिएको छ। अहिलेसम्म एक जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो। दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रायगढ जिल्लाको महाडस्थित भवन ढलेको हो। चारवटा टोली उद्धारमा खटिएको रायगढ जिल्ला प्रशासनका अधिकारीले जनाएका छन्।

घटनामा एक जनाकाे शव भेटिएकाे छ। ८ जनाकाे उद्धार गरिएकाे छ भने ७ घाइतेलाई अस्पताल भर्ना गरिएकाे बीबीसी हिन्दीले जनाएकाे छ।

समाचार एजेन्सी एएनआईका अनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन बलको टोली उद्धारमा खटिएकाे छ।

हापुस तालनजिकै रहेको उक्त भवन दशक पुरानो हो। भवनामा ४५ देखि ४७ वटासम्म फल्याट थिए। भवन ढल्न लागेपछि केही मानिस भवन बाहिर आउन सफल भए पनि धेरै मानिस भित्रै थिए।

भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन्।

त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।