ललितपुरमा थप २ संक्रमितको मृत्यु: एकैदिन मृत्यु हुने १० पुगे - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

ललितपुरमा थप २ संक्रमितको मृत्यु: एकैदिन मृत्यु हुने १० पुगे



ललितपुर- सोमबार साँझ पाटन अस्पतालका उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।

त्यसैगरी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

यससंगै पछिल्लो २४ घन्टामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।