पत्रकारलाई ब्राजिलका राष्ट्रपतिले भने: ‘तिम्रो मुखमा मुक्का हान्छु’ - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

पत्रकारलाई ब्राजिलका राष्ट्रपतिले भने: ‘तिम्रो मुखमा मुक्का हान्छु’



एजेन्सी- ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले एक पत्रकारको अनुहारमा मुक्का हान्ने चेतावनी दिएका छन् ।

आइतबार उनकी पत्नी प्रथम महिला मिसेल बोल्सोनारोको खातामा अवैध रकम जम्मा गरिएको विषयमा प्रश्न सोध्ने ती पत्रकारलाई बोल्सोनारोले यस्तो जवाफ दिएका हुन् ।

‘म तिम्रो अनुहारमा मुक्का हान्न चाहन्छु, हुन्छ ?’ बोल्सोरोले ओ ग्लोबो नामक पत्रिकाका संवाददातालाई भनेका थिए । सो पत्रिकाले बोल्सोनारोको सो भनाइको अडियो सार्वजनिक गरेको छ ।

बोल्सोनारोका जेठा छोरा फ्लावियो बोल्सोनारो सिनेटर छन्। उनका पूर्व सहयोगी फाब्रिसियो केरोस सन् २०११ देखि २०१८ को बीचमा बोल्सोनारोकी पत्नीको खातामा करिब १३ हजार डलर जम्मा गरेका थिए ।

केरोस हाल भ्रष्टाचारको आरोपमा छानबिनका लागि पक्राउ परेका छन् । त्यसैकारण भ्रष्टाचार गरेको फिटिक्कै नसहने बताएका राष्ट्रपति बोल्सोनारोको परिवार समेत यसमा मुछिएको छ ।