भ्रष्टाचार विरुद्धको गीतमा दस कलाकारको आवाज - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भ्रष्टाचार विरुद्धको गीतमा दस कलाकारको आवाज



काठमाडाैं- कोरोनाको महामारीको समयमा पनि देशमा भ्रष्टाचारको दुर्गन्ध फैलिएको छ। सत्ताको लुछाचुडी उस्तै छ। दुई तिहाइको सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो निराशामा परिणत हुँदै गएको अवस्था छ।

यी विषयलाई शिव सुवेदीको शब्द तथा संगीतमा तयार भएको ‘इनफ इज इनफ’ अर्थात ‘अत्ति भयो अत्ति’ बोलको गीतमा उतारिएको छ। यो गीतमा दश जना गायक-गायिकाले आवाज भरेका छन्। गीतमा कुलेन्द्रसहित मञ्जु पौडेल, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टीका सानुको स्वर छ।

देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि सामन्ती सोच र संस्कारमा परिवर्तन आउन सकेको विषयलाई उठान गरिएको गीतमा देवेन्द्र क्षेत्रीको डाइलग छ। गीतमा ‘इनफ इज इनफ’ अभियानलाई समेत जोडिएको छ। गीतलाई यूट्युबमा दर्शक तथा स्रोतले रुचाएका छन्।