मालिंगाले आईपीएल गुमाउने - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

मालिंगाले आईपीएल गुमाउने



एजेन्सी- श्रीलंकाली भेट्रान तीव्र गतिका बलर लासिथ मालिंगाले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुआती खेल गुमाउने भएका छन् ।

यूएईमा सेप्टेम्बर १९ देखि सुरु हुन लागेको आईपीएलमा मुम्बई इन्डियन्सका यी बलरले व्यक्तिगत कारण देखाई सुरुआती खेल नखेल्ने भएको क्रिकइन्फोले जनाएको छ ।

मालिंगाका बुबा बिरामी अवस्थामा रहेका र आगामी केही सातामा शल्यक्रिया पनि गर्नु पर्ने हुन सक्ने भएकाले मालिंगा तत्काल खेल्न नसक्ने भएका हुन् । मालिंगा भने कोलम्बोमा बसेर अभ्यास गरिरहेका छन् ।

कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण श्रीलंका सरकारले राखेको प्रोटोकलका कारण पनि उनले अस्वस्थ बुबालाई छाडेर यूएई जान नचाहेको बताइएको छ । विदेशीबाट आउनेलाई श्रीलंकाले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।

गत सिजनको फाइनलमा मुम्बईलाई उपाधि दिलाउन उनले सानदार भूमिका खेलेका थिए । चेन्नई सुपर किंग्सलाई फाइनलमा अन्तिम ओभरमा ९ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा आउनुअघि आफ्नो पहिलो ३ ओभरमा ४२ रन खर्चिसकेका उनले पहिलो ५ बलमा चेन्नईले ७ रन खर्चिसकेको थियो । अन्तिम बलमा मालिंगाले शार्दुल ठाकुर आउट गरी मुम्बईलाई नाटकीय जित दिलाएका थिए ।

मुम्बईले उनलाई सन् २००९ मा लिएको थियो र त्यसयता सधैं रिटेन गर्दै आएको थियो । २०१८ मा उनी टोलीको बलिङ मेन्टरका रूपमा रहेका थिए । गत वर्ष भने उनलाई मुम्बईले २ करोड भारुमा किनेको थियो, जुन अन्तमा उपाधि दिलाउने निर्णय भएको थियो । यस सिजनको आईपीएलको खेल तालिका अझै सार्वजनिक भएको छैन । तर विगतका तालिकाअनुरुप विजेता मुम्बईले पहिलो खेलमा गत वर्षको उपविजेता चेन्नईसँग खेल्नुपर्ने हुन सक्छ ।

मालिंगाले आईपीएलमा १ सय २२ खेल खेल्दै १९.८० को औसतमा सर्वाधिक १ सय ७० विकेट लिएका छन् । ३७ वर्षे उनले अन्तिम पटक श्रीलंकाबाट मार्चमा वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । श्रीलंकाले जुन र जुलाई राखेको कन्डिसनिङ शिविरमा भने उनी सहभागी थिएनन् । उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीमा वेस्ट इन्डिजका ड्वाने ब्राभोभन्दा मात्र पछाडि छन् ।