पाकिस्तानविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन



एजेन्सी – पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा टस जितेर तेस्रो टेष्टको पहिलो इनिङ्समा पहिले ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३२ रन जोडेको छ ।

जाक क्रलेले शतकीय इनिङ्स खेलेपछि शुक्रबार इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको हो ।

पहिलो टेस्ट शतक बनाएका क्रले १ सय ७१ रन बनाएर क्रिजमा रहेका छन् । जोस बट्लर ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दै क्रलेलाई साथ दिईरहेका छन् ।

यसअघि कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । रोरी ब्रुन्स ६ र ओली पोप ३ रनमा आउट भएपनि क्रले र बट्लरले इंग्ल्यान्डको इनिङ्स सम्हालिरहेका छन् ।

पाकिस्तानका यासिर शाहले २ तथा शहिन अफ्रिदीले १ विकेट लिए । दुई टिमबीचको यो टेस्ट निर्णायक हुनेछ ।

तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यसअघि दोस्रो टेस्ट वर्षाले रोकिएपछि बराबरी भएको थियो ।