क्यालिफोर्नियामा भिषण डढेलो: ६ को मृत्यु, दशौँ हजार बिस्थापित - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

क्यालिफोर्नियामा भिषण डढेलो: ६ को मृत्यु, दशौँ हजार बिस्थापित

क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको छ।

आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन् ।

शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा केही डढेलोको आधार दोब्बर भएको आपतकालीन सेवाका अधिकारीले बताएका छन् । डढेलोबाट जोगिनका लागि एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् ।

डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ ।