मालीमा सेनाले राष्ट्रपति र प्रधानमन्त्री नै बन्दी बनाए: नागरिक सरकार गठन गर्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मालीमा सेनाले राष्ट्रपति र प्रधानमन्त्री नै बन्दी बनाए: नागरिक सरकार गठन गर्ने



एजेन्सी- मालिका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकहरूले कब्जामा लिएपछि सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ।

सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केटले राजीनामा दिएको घोषणा गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केटसहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ।

तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्। नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ।

राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने समेत बताए। केट राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए।